As we are going to welcome warm weather in Seattle, our kids get little time off from their regular School. We want to utilize their best time by having them learn Nepali language and Dance classes which are going to be conducted in the following locations, date and time.
Location: 5031 University Way Northeast, Seattle, WA 98105-4341, (206) 527-4278
Date : June 27, July 11, July 18, July 25, Aug 1 and Aug 8 - (Saturday)
Time : 1 Pm - 3 Pm
Suggested donation : $ 30/per student for all six classes (use NSS paypal, bring cash or check in person when you walk to the class).
Please contact us if you have further questions. Thank You all for your support.

सियाटल नेपाली भाषा शैक्षीक कार्यक्रम
सयुक्त राज्य अमेरिकाको वासिङ्टन राज्यस्थित सियाटल शहरको सेरोफेरो र आसपासका शहरहरुमा बसोबास गर्दै आउनु भएका सम्पूर्ण दिदी-बहिनी तथा दाजु-भाइहरुका बाल-बच्चाहरु लाई नेपाली भाषा, भेष, भुषा, कला र सस्कृति सम्बन्धी आधारभुत शैक्षीक ज्ञान हुन अपरिहार्य रहेको महसुस गरिदै आइएको छ। करिब ५००० को हाराहारीमा बसोबासो गर्ने हामी वासिङ्टनबासी नेपालीहरु दैनिक घरायसी कामकाजमा नेपाली भाषा नै बोल्ने गरेता पनि हाम्रा साना-साना भाई-बहिनिहरुले आफ्ना अविभावक हरुको ब्यस्तताले भनौ अथवा अन्य आवश्यक श्रोत, साधनको अभावमा नेपाली भाषा, भेष, भुषा, कला र सस्कृति बाट क्रमिम रुपमा टाडिदै गहिरहेका छन। तसर्थ, आजका बाल-बालिका भोलीको देश (भविस्य)का कर्णधार हुन भन्ने उक्तीलाई सार्थक बनाउने हो भने हामीले यस चुनौतीपूर्ण कार्य लाई आत्मसाथ गर्दै बेलामै ब्यवहारमा लागु गर्नु पर्दछ।
आजको २१ औ सताब्दीमा सूचना, संचार र प्रबिधीको सन्जालले गर्दा बिश्वमा भौगोलिक दुरी लाई निकै शहज बनाइ दिएको छ। हुन सक्छ भोलीका दिनमा हाम्रा भाई-बहिनीहरुले बिभिन्न विदामा दक्ष्यता हासिल गरेर बिदेशबाट नै हाम्रो नेपाल जस्तो भु-परिबेस्ठित राष्ट्रको दुर्गम भेगहरु मा बिद्युतिय संचार माध्यमको सहयताबाट चिकित्सा, ईन्जिनियरिङ, कृषि तथा अन्य क्षेत्रमा भरपुर योगदान पुर्याउन सफल होउन । त्यती मात्र गर्न सके पनि राष्ट्रको सम्मुन्नत विकासमा निकै नै टेवा पुरयाउन सकिन्छ।
उदेस्यहरु
- भाई-बहिनीहरु लाई नेपाली भाषा, भेष, भुषा, कला र सस्कृति सम्बन्धी आधारभुत ज्ञान दिन
- नेपाली वर्णमालामा लेख्न र पढ्न सक्ने हुन
- भाई-बहिनीहरुको बोद्वीक तथा ब्यक्तिवको बिकास गर्न
- शैक्षीक कार्यक्रम पारीक्ष्यण सफल भएमा आगामी बर्षहरुमा अझ परिस्कृत तथा अन्य स्थानहरुमा पनि सन्चालन गर्न।
कार्यक्रमहरु
- देवनागरीमा लेखन
- नेपालीमा उच्चारण
- सामान्य बोलिचालीका शब्द लेखन
- अंकहरु लेखन / उच्चारण
- नेपाली गीत, संगीत (नृत्य र गायन) को अभ्यास
- नेपालको ईतिहास, भुगोल तथा अन्य राष्ट्रिय महत्वका बिषयमा सामान्य परिचय
- कबिता, कथा-दन्त्यकथा तथा बिभिन्न मनोरन्जत्मक खेलहरु
कार्यक्रम अवधी - छ हफ्ता
लक्षित समूह - ४ देखी १४ बर्ष सम्म
स्थान – सबैलाई सर्भ-सुलभ हुने पुस्तकालय अथवा ब्यापारिक कक्षा (कुनै एक)
अनुमानित खर्च - ५०० डलर (अध्ययन सामाग्री खोज, छपाइ, कक्षा कोठाभाडा र मसलन्द)
स्वयम्सेवक प्रशिक्षकहरु
- कल्पना शर्मा
- प्रकाश धमला